
सरकारले हालै मात्र इन्टरनेटको मूल्य वृद्धि गरेको थियो ।इन्टरनेटको मूल्य निर्धारण गर्न शुक्रबार संचार तथा सुचना प्रविधि मन्त्री बास्कोटा र इन्टरनेट सर्भिस प्रोभाइडर्स नेपाल बीच छलफलपछि मन्त्रालयका सह ( सचिव वीरेन्द्र कुमार मिश्रको संयोजकत्वमा कमिटी भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट ब्यान्डविथको मूल्य घटेको विषयलाई ध्यानमा राखेर उपभोक्तालाई आर्थिक भार नपर्ने गरि शुल्क समायोजन गर्ने तर्फ मूल्य निर्धारण कमटी रहेको छ ।बैठकमा सरकारले ११ प्रतिशतबाट १३ प्रतिशत पुर्याएको थप शुल्क ग्राहकबाट नउठाउन मन्त्री गोकुल बास्कोटाले आग्रह गरेका थिए ।
पहिले ब्यान्डविथको मूल्य प्रतिएमबीपीएस मासिक ५० डलर भएकोमा अहिले १० डलर कायम भएको छ ।तर व्यवसायीहरूले बढेको कर र बढ्दो लागतका कारण इन्टरनेट शुल्क कम गर्न नसकिने बताए ।कमिटीले सबै विषयको अध्ययन गरेर उचित निकास निकाल्ने संयोजक मिश्रले जानकारी दिए।