२०७२ सालमा संचालमा आएको रेड एप्पलले आफनो सेवा सुविधामा वृद्धि गर्दै आएको छ । २१ वटा कोठाबाट सेवा सुरु गरेको होटलमा थप ६ वटा एसि सहितको सुविधा सम्पन्न कोठा,व्यवस्थित तालिम हल र पार्टि प्यालेस निमार्णको चरणमा रहेको श्रेष्ठले जानकारी दिए । होटलको भौतिक सुधारको लागि १५ लाख रुपैय‘ा छुट््याएको छ । पुर्वाधारका सबै काम पुरा हुदा १ करोड रुपैय‘ा लगानी हुने बताए । होटलमा अहिले १६ जना युवाहरुले रोजगारी दिदै आएको छ ।
होटलमा काम गर्ने कर्मचारीको तलव मासिक ९ हजार रुपैय‘ादेखि ३० हजार रुपैय‘ासम्म रहेको छ । युवा र पर्यटकलाई लक्षित गरेर रेष्टुरेन्टलाई थप सुधार गर्न लागिएको छ । स्थानीय उत्पादन र स्वादिलो परिकारहरु पाहुनाहरुलाई पस्कनको लागि कर्मचारीको क्षमता अभिवृद्धि र होटलको साजसज्जामा विशेष ध्यान दिन लागेको श्रेष्ठले बताए ।
होटलको आकर्षकको रुपमा लोकल चामल,स्थानीय परिकार र युवाहरुको चाहना अनुसार बिदेशी खानाका परिकारहरु पनि उपलब्ध भएको होटले जनाएको छ । बागलुङको व्यवसायलाई हामीले जोगाएर यसको प्रवद्र्धनको लागि हाम्रो व्यापार गर्ने शैली र सेवा सुविधामा गुणात्मक परिर्वतन जरुरी छ , श्रेष्ठले भने,होटलको आफनो पहिचान र त्यसको पाहुनासगको भावनात्मक सम्बन्ध प्रगाढ बनाउन हामीले भौतिक र आन्तरिक व्यवस्थापनमा ध्यानकेन्द्रि गर्न लागेका छौ ।
खर्च गर्न सक्ने क्षमता भएका पर्यटकलाई ध्यानमा राखेर होटलमा डिलक्स कोठा थप्न लागेको संचालक श्रेष्ठले बताए । बजारबाट नजिकै मनोरम वातावरणमा रहेको यस होटल धेरैको रोजाईमा परेको छ । विवाह,व्रतबन्ध,जन्मदिन,वैवाहिक वर्षगाठ‘,सभा समारोह गर्नको लागि होटल रेड एप्पल धेरै उपयुक्त भएको श्रेष्ठले बताए । परिवार र समुहमा आउने व्यक्तिहरुलाई विशेष छुटको व्यवस्था समेत होटलले गर्दै आएको छ ।
धार्मिक तथा पयर्टकिय गन्तव्यहरुको भ्रमणको जान चाहाने पर्यटकहरुलाई ध्यानमा राखेर होटलले यातायात सहितको विशेष प्याकेज कार्यक्रम ल्याउन लागेको छ । स्थानीय किसानहरुले उत्पादन गरेका सामानहरु होटलमा खपत हुदै आएको छ । सरकारले होटल व्यवसायलाई प्राथमिकतामा राखे अझ थप लगानी गरेर सेवा सुविधा विस्तार गर्न र नय‘ा रोजगारी सृजना गर्न सहयोग पुग्ने संचालन श्रेष्ठले बताए ।