३० बैशाख २०८१, आईतवार

 

यसरी कठोर संकटले घेरेको थियो क्युवालाई

राष्ट्रिय खाद्य कार्यक्रमले केही उपलब्धी हासिल गर्नु अगाडि नै क्युबाली अर्थतन्त्रले इतिहासकै ठुलो आर्थिक सङकटको सामना गर्नुप¥यो । सन् १९८९ मा सोभियत पद्धति खलबलिन शुरु ग¥यो । त्यही वर्ष अन्तर समाजवादी देशहरुको आर्थिक सहयोग परिषद ्अन्तर्गतका देशहरुसँग क्युबाले पाउँदै आएको अति सुविधा प्राप्त देशहरुको व्यापारिक सुविधा अचानक खारेज भयो ।

छिटै बर्लिनको पर्खाल ढल्यो र समाजवादी देशहरुको सहयोग परिषद् तथा सोभियत संघ दुवै गल्र्यामगुर्लुुम्म भयो । क्युबाका लागि यसको अर्थ थियो सम्र्पुण रुपमा आयात निर्यातका आफ्ना परम्परागत बजारहरु गुम्नु जसले उसको अर्थतन्त्रलाई धराशायी बनाइदियो ।

सोभियत संघ खेमाका देशहरुबाट क्युबाले आफ्नो आवश्यकताको झण्डै ९८ प्रतिशत इन्धन अयात गथ्र्याे । सन् १९८८ मा मात्रै १.२ देखि १.३ करोड टन इन्धन अयात गरिएको थियो । तर सन् १९९१ मा जम्मा ६० लाख टन मात्र प्राप्त भयो । क्युबाको वैदेशिक व्यापारको ८५ प्रतिशत यही समाजवादी देशहरुको समुहसँग थियो ।

क्युबाले ६६ प्रतिशत चिनी र ९८ प्रतिशत अमिलो जातका फलफुल पनि यिनै देशमा निर्यात गथ्र्याे । अयाततर्फ पनि स्थिति त्यस्तै थियो । इन्धनको अलावा देशले उपभोग गर्ने खाद्यान्नको ६६ प्रतिशत , सबै प्रकारका कच्चा पदार्थको ८६ प्रतिशत तथा ८० प्रतिशत यन्त्र औजार र पार्ट पुर्जाहरुको आयात सोभियत संघ खेमाका व्यापारिक साझेदारहरुबाट गरिन्थ्यो ।

यसको परिमाण स्वरुप, जब समाजवादी समुहका देशहरुको समर्थन गुम्न पुग्यो कारखानाहरु बन्द हुनु सामान्य जस्तो हुन थाल्यो । आयातित पेट्रोलियम पदार्थमा आधारित यातायात व्यवस्था त झण्डै बन्दै भयो । आवश्यक इन्धन र पार्ट पुर्जाहरुको आपुर्ति बन्द भएपछि ट्याक्टरहरु थन्किए । कृषि रासायनिक सामग्री पाइन छाड्यो । अनि खाद्यान्नको अभाव जताततै अनुभव गर्न थालियो ।

डा.फर्नाण्डो फ्युनेस अगुइलर जोड दिन्छन् अचानक क्युबाली व्यापारबाट बार्षिक ८ अर्ब डलरको कारोबार गुम्यो । कृषिमा प्रयोग हुने मल लगायतको रासायनिक पदार्थ, पार्टपुर्जा , खाद्य पदार्थ , र आद्योगिक कच्चा पदार्थ समेतको आयातमा मात्रै ७५ प्रतिशतले ह्रास आयो । चिनी निर्यातबाट हुने आम्दानी सन् १९८९ को ५३९९.९ मिलियन डलरबाट घटेर १९९३ मा पुग्दा जम्मा ११५६.७ मिलियन डलरमा झ¥यो तब आयात पनि सोही समयमा ८१३९.८ मिलियनबाट घटाएर २००८.२ मिलियनमा झार्नुप¥यो ।

फिडेल क्याष्ट्रो नेतृत्वको क्युबाली सरकारले शान्तिपुर्ण कालको विशेष समय घोषण ग¥यो । सामान्यतया युद्धका बेला अपनाइने उपायहरु फेरि थोपरियो । सङकटको प्रभाव कम गराउन तथा भयोनक अभावबाट यो टापुलाई बचाइ राख्न अपनाइएको यस्ता उपायहरुमा योजनाबद्ध लोडसेडिङ्ग , आम यातायातका लागि साइकलको प्रयोग ट्रयाक्टरका ठाँउमा पशुको प्रयोग आदि थिए ।

क्युबाको कुल क्यालोरी उपभोगको आधा त आयातित खाद्यान्नमा निर्भर थियो । अष्ठेरा वर्षहरु शुरु भएपछि खाद्यान्न वितरणमा कडाइसाथ कोटा प्रणाली लागु गरियो ताकि सबैले समान रुपमा खाद्यान्नमा पहँुच राखुन् । सन् १९८० मा १९ थरीको खाद्य वस्तुमा रासन प्रणाली थियो जबकी सन् १९९० मा पुग्दा झण्डै सबै खाद्यवस्तुको अभाव शुरु भयो र सबैमा रासन व्यवस्था लागु गरियो ताकि विरतरणलाई नियन्त्रित गर्न सकियोस् । आम मानिसले उपभोगबाट प्राप्त गर्ने क्यालोरी घट्न थाल्यो । चिल्लो पदार्थ र तेलहन नाटकीय रुपमा पाइने छाडे ।

एकातिर खानेकुरामा पोषणयुक्त खाना र क्यालोरी घट्ने अर्काेतर्फ यातायातका लागि थप शक्ति चाहिने साइकल चढ्ने र हिँड्नु पर्ने बाध्यता आइप¥यो । यसले धेरै खालका स्वास्थ्य सम्बन्धी समस्या निम्त्यायो जसमध्ये अस्थायी अन्धोपन या आँखा नदेख्ने समस्या मुख्य थियो । भिटामिन बिको कमिले गर्दा न्युरोप्याथी फैलियो र ५० हजार मानिसहरुले आँखाको ज्योति गुमाउन पुगे ।

कृषिमा प्रयोग हुने मल, कीटनाशक , मेशीनका पार्टपुर्जा र सिँचाइका लागि प्रयोग हुने पम्प र बाली थन्काउने मेशीनहरुको प्रयोगको लागि इन्धनको अभावले आन्तरिक खाद्य उत्पादन धेरै तल झ¥यो । पेट्रोलियम पदार्थमा आधारित हुने तर नभइ नहुने सेवाहरु जस्तो खाद्या सञ्चय गर्ने केन्द्र खाद्यान्नको वितरण प्रणाली सबै ठप्पै भए । देशभर नै खाद्यान्न सङकट भयो ।

शहरमा यो संकट झन बढी भयो । खासगरी राजधानी हभाना त यसको चर्काे मार खेपिरहेको थियो । डा फर्नाण्डोको अनुमानमा धेरैजसो क्युवालीहरुले यो संकटको समयमा कम्तीमा १० देखि १५ केजी तौल गुमाएका थिए । स्वयं उनले १३ केजी जति तौल गुमाएका थिए । निराशा र हतासाले धेरै मानिसहरु रुन्थे , फर्नाण्डले भनेका छन् । केहीले त देशै पनि छाडेर हिँडे ।

तर धेरैले भने यो चुुनौतिका विरुद्ध खडा भएर आफ्नो क्षमताको प्रयोग गरे, कडा मेहनत गरे यो प्रकोपलाई जित्ने साहस गरे । अचानक क्यालिफोर्नियाको जस्तो आधुनिक तथा औधोगिक कृषि प्रणालीले एउटा ठुलो चुनौति आइप¥यो , पहिलेको भन्दा आधा कम लगानीमा खाद्यान्न उत्पादन दुईगुना बढाउनु पर्ने भयो ।

परिस्थितिलाई झन् दुरुह बनाउन अमेरिकाले सन् १९९२ मा गएर एउटा दण्डात्मक क्युबा डेमोक्रेसी एक्ट कानुनलाई सक्रिय बनायो जसले मौजुदा व्यापार नकाबन्दीलाई अझ कसिलो बनाउँथ्यो । कतिसम्मभने देश बाहिरका अमेरिकी कम्पनी र तिनका शाखा समेतले क्युबासँग व्यापार गर्न नपाउने भए । यतिसम्म कि उसले कुनै पनि पानी जहाज यदि क्युबामा गएको छ भने अमेरिकी बन्दरगाहमा आउन नपाएने र आएमा सरकारले जफत गर्ने समेत घोषणा ग¥यो । यसै गरी उसले रसिया र उसबाट स्वतन्त्र भएका देशलाई , जो आफ्नो अस्तित्वको लागि त्यतिबेला अमेरिकी ऋणमा आश्रित हुन थालेका थिए । क्युबासँग व्यापार गर्न नपाउने शर्त थोप¥यो ।

त्यही टोलिसेली कानुनलाई अझ कडा बनाउँदै ऐक्याबद्धता कानुन पारित गरियो जसअुनसार कुनै पनि अमेरिकी या अमेरिकाका मित्र देशका उद्योगहरुले क्युबामा खाद्यान्न र औषधीसमेत बेच्च नपाउने भए । यो कानुनले क्युबामा सबै बैदेशिक लगानीमाथि प्रतिबन्ध लगायो । यो कानुनको अगुवा अमेरिकी सिनेटर जेस्से हेल्मस , जो यो कुरामा स्पष्ट थियो कि त्यो कानुनको उद्धेश्य क्युवाली राष्ट्रपति क्याष्ट्रोलाई विस्थापित गरेर अ‍ेमरिकी समर्थक व्यक्तिलाई सत्तामा ल्याउनु हो ।

यो वर्ष क्युबालीहरुले फिडेललाई बिदाई गर्ने वर्ष बनोस् सिनेटबाट उक्त कानुन पास भएको दिन उसले घोषणा गरेको थियो । फिडेल क्याष्ट्रोले ठाडै छाडोस् कि अरु उपायबाट मलाई मतलब छैन तर उसले पक्कै सत्ता छाड्छ पनि भनेको थियो । तर छट्पटिएर मुर्नको साटो क्युबाले एउटा नयाँ क्रान्तिको थालनी ग¥यो , एउटा जैविक क्रान्ति ।

प्रतिक्रिया दिनुहोस्