४ श्रावण २०८३, सोमबार

 

नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको दोस्रो साधारण सभा सम्पन्न

कास्की । नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको दोस्रो साधारण सभामा शनिबार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, कास्की उद्योग वाणिज्य संघका सदस्य वालकृष्ण कोइराला, गणतान्त्रिक यातायात टाक्सी संघका अध्यक्ष प्रकाश मनि तिवारी, पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्र कास्कीका ईन्चार्ज रामजी प्रसाद बराल, नेपाल उद्योग व्यापार महासंघका एसोसियत उपाध्यक्ष यज्ञ प्रसाद पन्त, महासचिव खेम नारायण पराजुली, वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ, अध्यक्ष खिम लाल भण्डारी र गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमानले मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभाले नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका अध्यक्ष जनकराज पराजुलीको प्रतिवेदन, महासचिव गोविन्दबहादुर थापाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोकुल प्रसाद कँडेलको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका अध्यक्ष जनकराज पराजुलीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालको स्वागत र महासचिव गोविन्दबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung