६ जेष्ठ २०८१, आईतवार

 

पर्वत दुर्लुङको आगलागी पीडित पौडेललाई प्रभु बैंकको सहयोग

बागलुङ । कुश्मा नगरपालिका–३ दुर्लुङ गाउँका आगलागी पीडितलाई प्रभु बैंक लिमिटेड बागलुङ शाखाले लत्ता कपडा, भाडाकुँडा र खाद्यान्न र आर्थिक सहयोग गरेको छ ।

आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि बिचल्लीमा परेका पूर्ण प्रसाद पौडेलको परिवारलाई नगद २५ हजार रुपैयाँ बराबरको लत्ता कपडा, भाडाकुँडा र खाद्यान्नका साथै बैंकको गण्डकी प्रदेशका कर्मचारीहरुले व्यक्तिगत रुपमा संकलन गरेको नगद ५० हजार रुपैयाँ प्रदेश प्रमुख राजु राना मगरले हस्तान्तरण गर्नु भएको हो ।

बैंकले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराएको र भविष्यमा पनि आवश्यक भए थप सहयोग दिने प्रभु बैंक बागलुङ शाखाका वरिष्ठ अधिकृत दीपक शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

उक्त कार्यक्रममा प्रभु बैंक बागलुङका कलस्टर प्रमुख सामर्थ उप्रतीलगाएतका कर्मचारीहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्