२ जेष्ठ २०८१, बुधबार

 

भेडा पालेरै धनी बन्दै धनबहादुर

५ वर्ष पहिलेबाट भेडापाल्न थालेका बागलुङको काठेखोला गाउपालिका–७ रेशका धनबहादुर जिसीको जीवनमा परिर्वतन आउन थालेको छ । सुरुको केहि वर्ष स्थानीय जातका बाख्रा पालेका जिसीले रेशको गलैना लेकमा भेडा पाल्न सकिने सम्भावना देखेपछि भेडापाल्न थालेको केहि वर्षमै मनग्य आम्दानी हुन थालेको छ ।

रोजगारी पाएनौ भन्दैं दैनिक हजारौं युवा विदेशिएको बेलामा जिसीले गाउँमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहारण पेश गरेका छन् । दैनिक वेरोजगारकोे समस्या बढीरहेको वेला आफ्नै ठाउमा धन बहादुर जि.सी.ले भेडापालन व्यवसाय गरी पैैसा मात्रै कमाएका छैनन्, लोपन्मुख भेडा व्यवसायलार्ई संरक्षण समेत गर्दै आएका छन् । बागलुङ जिल्लामा झण्डै लोप हुन लागेको भेडापालन व्यवसाय गरी जि.सी. उदारणीय समेत बनेका छन् ।

भेडा पाल्नको लागि लगाव र लगानी मात्र भएर नहुने बताउँदैं जिसीले विभिन्न समस्याका बीच पनि भेडा व्यवसायलाई निरन्तरता दिइरहेको बताए । जिसिले अहिले ३० वटा भेडा पालेका छन् । उनले भेडाको साँढे (साँढ) लाई २० देखि २५ हजार सम्म र भेडीलाई १५ हाजर सम्म विक्रि गर्दै आएका छन् ।

जि.सी.ले भेडा जिसीले उत्पादन गरेका भेडा पुजा आजाको लागि घरमानै लिन आउने हुँदा बजारको समस्या नभएको बताए । उनले भेडा पालन व्यवसायसंग संगै कुखुरापालन व्यवसाय, आलु खेती तथा अलैची खेती गर्दै आएका छन् । भेडा व्यवसायका लागि चिसो हावा पानी तथा चरण क्षेत्र आवश्यक हुने हुँदा भेडा व्यवसाय लोप हुदै गएको किसानहरु बताउछन् ।

भेडा व्यवसाय भन्दा तुलनात्मक हिसावले बाख्रा पालन गर्न सजिलो हुने भएकाले किसानहरु अहिले वाख्रा व्यवसाय तर्फ आकर्षीत हुदा भेडा पालन व्यवसाय लोप हुदै आएको कतीपय किसान हरुको भनाई छ । मेहनत गरे स्वदेशमानै राम्रो आम्दानी गर्न सकिने जि.सी.को भनाई छ ।

दैनीक हजारौं युवा विदेश पलायन भइरहेको वेला व्यवसायीक वनेका जि.सी. उदारणीय पात्र हुन् । बागलुङको उच्च क्षेत्र भेडा व्यवसायका लागि उत्कृष्ट मानिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्