आगामी असोज ४ देखि ७ गतेसम्म नेपाल कृषि प्रसार समाजको अन्र्तराष्ट्रिय गोष्ठी काठमाडौंमा हुने भएको छ । सात देशका कृषि प्रसार विज्ञहरु सम्मिलित उक्त गोष्ठीले कृषि क्षेत्रको प्रसार, किसानको आम्दानी बृद्धिका स्रोत र आपसी सहयोगका विषयमा छलफल गर्ने छ ।

बङ्गलादेश, भुटान, श्रीलङ्का, भारत, पाकिस्तान, माल्दिभ्स र नेपालका उच्च कृषि विज्ञहरुको उपस्थितिमा गोष्ठी हुने भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए । सवै देशलाई निम्तो गरिसकिएको र अहिलेसम्म ४ देशले मात्रै सहभागीता जनाउने निश्चित भइसकेको उनले बताए ।

उक्त गोष्ठीले नेपाल लगायत सात ओटै देशहरुको कृषि प्रसार, विकास, उत्पादन र आम्दानी वृद्धि गर्न सकिने बारेमा छलफल हुने छ । सातओटै देशका कृषि विज्ञहरु आ—आफ्नो देशको समग्र कृषि क्षेत्रको विकास र प्रसार सम्वन्धि कार्यपत्र प्रस्तुत हुने सुवेदीले बताए । यसले नेपालको कृषि क्षेत्रको विकासका लागि अन्र्तराष्ट्रिय क्षेत्रको सहयोग रहने अपेक्षा गरिएको छ ।