१५ बैशाख २०८१, शनिबार

 

‘नयाँविश्व टक शो’ मा साहसी मिना: राष्ट्रिय खेलाडीदेखि सफल व्यवसायिसम्म

दृढ ईच्छाशक्ति र निरन्तरको लगाव हुनेका लागि संसारमा असम्भव भन्ने कुरा नै के हुँदो रहेछ र ? देशमा रोजगारि छैन । काम गर्ने वातावरण छैन, भन्ने बाहनामा कैंयु नेपाली विदेशतिर लागिरहेकै छन् । तर बागलुङ बजारकी मिना श्रेष्ठ र उनका भाईले आफ्नै ठाउँमा नाम र दाम दुबै कमाएका छन् । मिनाले कुनै बेला भाई सुवासले थालेको व्यवसायलाई पर्दाभित्रबाट सहयोग गर्थिन् । जतिखेर उनी खेल क्षेत्रमा सक्रिय थिईन् । उनी ब्याडमिन्टनमा धेरै रुचि राख्छिन् । ब्याडमिन्टन राष्ट्रियस्तरसम्मै खेलिन् ।

हुन त भाई र उनी सानै छँदा वुवाले बागलुङ बजारमै मासु पसल चलाउँथे । बुबाको यहि व्यवसायिक सोचले उनीहरुलाई व्यवसायतिर रुचि बढायो । उनीहरुलाई अहिले बुबाको साथ छैन । बिरामी भएपछि बुबाको निधन भईसक्यो । यी दिदिभाईले सानो उमेरदेखि नै थालेको व्यवसाय अहिले दुईतिन हजार मान्छेलाई व्यवस्थापन गर्न सक्ने पार्टी प्यालेस, राम्रो सेवा दिने टेन्ट क्याटरिङदेखि फिल्म हलसम्म चलाएका छन् ।

ब्याडमिन्टन खेल्दै गर्दा मिनाको हातमा चोट लाग्यो । उनी घाईते भईन् । जुनबेला भाईले डान्स कक्षा, साईवर र ससेस हाउस सुरु गरिसकेका थिए । मिनापनि खेल क्षेत्र छोडेर भाईले थालेको पेशामा जोडिन पुगिन् । उनका भाईले विसं २०५७ सालमा युवाहरुलाई नृत्य सिकाउने डान्स कक्षा थलेका थिए । जतिखेर उनी १४ वर्षको थिए । मिनाले भाई सुवासमा सानैदेखि व्यवसायिक क्षेत्रमा रुचि देखाएको बताउँछिन् ।

‘सात आठ कक्षा पढ्ने बेलादेखि नै भाईले पैसा कमाउनको लागि सानो भएपनि केहि न केहि काम गर्नखोज्थ्यो,’ उनले नयाँ विश्वसँग भनिन्, ‘सुरुमा त उसले पढ्ने बेलामा अरुअरु कामतिर दिमाग भुलाउन खोज्दा मैले र वुवाआमाले उसलाई गालिपनि गथ्र्यौं ।’ मिनाले सुरुवातका दिन सम्झिँदै थपिन्, ‘स्कुल पढ्ने बेलामा कताकता बरालिँदा हामीलाई चित्त बुझ्थेन तर उसले त्यति थाहा नपाउँदै सुरु गरेको सानो व्यवसायले अहिले उसलाई र मलाई पनि व्यवसायि बनायो ।’

सुवासले २०६१ सालपछि साईवर र ससेस हाउस चलाए । आफ्नो व्यवसायलाई विस्तर गर्दै जाने क्रममा २०६४ सालपछि सुरु गरेको क्याटरिङ र टेन्टको कामलाई बढाउँदै अहिले बागलुङ बजारमा ब्राउन आईज रेन्टुरेन्ट, ठूलो हलसहितको पार्टी प्यालेस तथा टेन्ट क्याटरिङसम्म पुगेको छ । नयाँ सम्भावना देख्ने, निरन्तर काममा लाग्ने र सँधै उच्च स्तरिय सेवा दिएर आफ्ना ग्राहकको सन्तुष्टीमा खुशी देख्ने सोचले नै यी दिदीभाई युवा अवस्थामै सफल व्यवसायि बनाएको हो ।

अहिले उनीहरुले बागलुङ बजारको कालिगण्डकी फिल्म हलपनि भाडामा लिएर चलाएका छन् । म्याग्दीको बेनीबाट पनि टेण्ट र क्यटरिङको सेवा दिईरहेका छन् ।  मिनाले यी सबै सफलताको श्रेय भाई सुवासलाई दिन्छिन् । ‘यी सबै कामको थालनी सुवासले नै गरेको हो,’ उनले भनिन्, ‘सुरुमा त मैले उसको कामलाई बाहिरैबाट सहयोग र हौसाला प्रदान गरेँ ।

व्याडमिन्टन खेल्ने क्रममा हातमा चोट लागेपछि खेल छोडेर उसलाई सघाउन आाएकी छुँ ।’ सुवासले अहिले ब्राउन आईज रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस र टेन्ट क्याटरिङलाई पोखरासम्म विस्तार गरेर काम गरिरहेका छन् । अहिले सुवास नयाँ ठाउँ पोखराको व्यवसायमा व्यस्त छन भने दिदी मिनाले बागलुङ बजारको सेवालाई चुस्त बनाउनेमै आफ्नो समय खर्चेकी छन् । यी सवै व्यवसायबाट उनीहरुले राम्रै नाम, दाम र पहिचान कमाएका छन् ।

हेरौँ, यिनै मिना श्रेष्ठसँग नयाँविश्व डटकमले सुरु गरेको नयाँ कार्यक्रम ‘नयाँविश्व टक शो’ का लागि कृष्ण कँडेलले गरेको भिडियो सम्बाद ।

प्रतिक्रिया दिनुहोस्