२५ असार २०८२, बुधबार

 

बागलुड उद्योग वाणिज्य संघको अध्यक्षले गरे आमन्त्रित सदस्य मनोनित

बागलुड उद्योग वाणिज्य संघको अध्यक्ष युवराज राजभण्डारीले आमन्त्रित सदस्य मनोनित गरेको छ । मनोनित आमन्त्रित सदस्यहरुमा व्यवसायीहरु वुर्तिवाड इकाइबाट चिन्तामणि शर्मा ,गलकोट इकाइबाट वीरेन्द्र श्रेष्ठ,महिला उद्यमी विकास समितिको अध्यक्षमा भगवती केसी,केयर बहादुर गुरुड , सिद्धार्थ मिलन श्रेष्ठ ,सुन्दर श्रेष्ठ,गंगा बहादुर थापा ,बाबुकाजी केसी,मधु राजभण्डारी,बाबुराम केसी र खगेश्वर शर्मा रहेका छन।

बागलुड उद्योग वाणिज्य संघको निर्वाचनपछि अध्यक्ष युवराज राजभण्डारीले सदस्य ,प्रेस सल्लाहकार र सल्लाहकार मनोनित गरेको थियो ।कार्य समितिले पुर्णता पाए पश्चात बदलिदो चुनौति र संभावनाहरुलाई बागलुड उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले कसरी अगाल्छ र बागलुडको समग्र व्यवसायीक विकासमा कसरी अगाडि बढ्छ सबैले चासो पुर्वक हेरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung