२९ असार २०८२, आईतवार

 

भारतीय कम्पनी आमुल नेपाल आउन नदिन नेपाली डेरी ब्यवसायी एक जुट

नया बिश्व

काठमाडौ, १९ फागुन –संघीय संसदमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक’ दर्ता भएपछि नेपालका दुग्ध डेरी ब्यवसायीले आपत्ति प्रकट गरे । साथै भारतीय कम्पनी आमुल नेपाल आउ“न नदिन नेपाली डेरी ब्यवसायी एक जुट भएर लागेका छन् ।

सरकारले डेरी उद्योगको क्षेत्रमा विदेशी लगानी भित्र्याएर नेपाली उद्योग र किसानलाई समाप्त पार्न खोजेको उनीहरुको आरोप छ । डेरी क्षेत्रमा आउने विदेशी लगानीलाई रोक्न उनीहरुको आग्रह छ । नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले शनिवार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डेरी उद्योगी सुमित केडियाले सरकारले आफूहरुलाई उठीवास गराउन चाहेको आरोप लगाए ।

उनले भने, राज्यले विदेशी लगानी भित्र्याएपछि बाध्य भएर कारोवार छाडेर हामीलाई वैदेशिक रोजगारमा जानुपर्छ या उनीहरुको उद्योगमा काम गर्नुपर्छ ।’ नेपालमा यो ब्यवसायमा करिब ३० अर्बको लगानी छ । एक अर्ब भन्दा बढी कर तिरिरहेको अवस्था छ । नेपाली उत्पादनमा आधारित रहेर क्वालिटीको दुग्धजन्य पदार्थ उपलब्ध गराई रहेका छौं । चाहिने आवश्यकता पुरा गरिरहेका छौं । त्यसैले बिदेशी कम्पनी नेपालमा आवश्यक छैन् भन्ने उनको तर्क रह्यो ।

विदेश लगानी त्यो क्षेत्रमा भित्र्याउनु पर्छ जहाँ लगानी छैन, उद्योग छैन, काम गर्ने मान्छे छैन, उत्पादन छैन, डेरी क्षेत्र त आफैमा सक्षम हुँदा हुँदै पनि राज्यले विदेशी कम्पनी ल्याउन नहुने उनले बताए । नेपाल दुध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक ईश्वरीराज न्यौपानेले विदेशी लगानीले नेपालका किसान र उद्योगी धारासायी हुने राय राखे । उनले भने, भारतको आमुल कम्पनी नेपालमा उद्योग स्थापना गर्नै तयारीमा छ, यदि त्यस्तो हो भने नेपाली किसान र उद्योगीका लागि दुर्भाग्य हुन्छ ।’

दुधको क्षेत्रमा आत्मनिर्भर हुन गइरहेको बताउँदै उहाँले यस अवस्थामा आमुल जस्ता अन्तराष्ट्रिय कम्पनी नेपालमा आयो भने यहाँका किसान र उद्योगी धारासायी हने दावी गरे । डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले नेपालीका डेरी उद्योग सक्षम भइसकेको कुरा सरकारले स्वयं स्वीकार गरिसकेको जानकारी गराए । विदेशी लगानी भित्र्याउदा नेपालको डेरी उद्योग समाप्त हुने उनले बताए । नेपालमा हाल १८ सय ५० डेरी उद्योग क्रियाशिल रहेको तथ्यांक उनले प्रस्तु गरे । देशको आवश्यकतालाई पूरा गरिरहेको क्षेत्रमा बिदेशी कम्पनीको आगमनले स्वदेशी कम्पनीको ब्यवसाय धराशयी हुने बताए ।

देशको कुल गृह्रास्थ उत्पादनमा कृषिले मात्र २९ प्रतिशत योगदान दिइरहेको छ त्यसमा दुग्धजन्य उत्पादनले ९ प्रतिशत योगदान दिइरहेको उनको दाबी छ । यसलाई धारासायी हुनबाट बचाउन सबैको कर्तव्य रहेको जिकिर गरे ।

दुध क्षेत्रमा ३० अर्ब लगानी रहेको र २० हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै उनले यस क्षेत्रबाट दैनिक तीन करोड रुपियाँ शहरबाट गाउँमा गइरहेको बताए । एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले विभिन्न बहानामा आमुल जस्ता अन्तराष्ट्रिय कम्पनी भित्र्याउने काम भइरहेको आरोप लगाए । नेपालमा ५ लाख भन्दा बढी किसान लागेका छन् । विदेशी लगानी आयो भने ती सबै किसानको हालत के हुने ? उनको प्रश्न छ । उनले भने, यो क्षेत्रमा सबभन्दा बढी साना किसान रहेका छन । ठूला कम्पनी आयो भने ती किसानको हालत के हुन्छ ? ठूला कम्पनी आयो भने नेपालकै दुग्ध प्रयोग गर्छ, भन्ने के ग्यारेण्टी छैन ।’

सार्कमा नेपालको दुध उत्पादन तेस्रो स्थान छ । यस्तो पोजिसन भएको थाह पाउँदा पाउँदै सरकारले विदेशबाट कम्पनी ल्याएर सबैलाई मास्ने काम राज्यबाट हुन लागेको छ । विदेशी लगानीको डेरी नेपालमा किन ल्याउन लागेको हो, भने जवाफ सरकारले दिनुपर्छ ।

बिदेशी कम्पनीको औचित्य नै पुष्टि नगरिकन लगानी भित्र्याउँदा त्यसले दीर्घकालिन असर पुग्ने उनको दाबी छ । डिडिसीका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले डेरी क्षेत्रमा विदेशी लगानी नआओस भनि कृषि मन्त्रीले चाहेको बताउँदैं केही सिमित व्यक्तिको चाहनामा यस्तो चलखेल भइरहेको उनले स्पष्टीकरण दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung