२९ असार २०८२, आईतवार

 

सिटिजन्स बैंकको सिइओमा पोखरेल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृतमा उनले ०६५ साल देखि दोस्रो बरियतामा रहेका गणेशराज पोखरेल नियुक्त भएका छन्।

पोखरेललाई बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सिइओमा नियुक्ति गरेको हो।

पोखरेल स्थापनाकाल देखिनै बैंकसँग आबद्ध व्यक्ति हुन्। यसबीचमा उनले विभिन्न पदमा रहेर बैंकमा विभिन्न जिम्मेवारीमा रही कार्यसम्पादन गरिसकेका छन्। व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा लामो कार्यअनुभव बटुलेका पोखरेलले दुई वटा विषयमा स्नातकोत्तर गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ र काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा उनी स्नातकोत्तर उत्तीर्ण छन्। उनले कानुनमा स्नातकसमेत गरेका छन् । यसअघि राजनसिंह भण्डारी बै‌ंकको सिइओ थिए।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung