२८ असार २०८२, शनिबार

 

लगानी सम्मेलनलाई उत्सवका रुपमा मनाउन सरकारकाे आग्रह

काठमाडौं । सरकारले लगानी सम्मेलनलाई उत्सवका रुपमा मनाउन आग्रह गरेको छ । सम्मेलनमा एक दर्जन बढी परियोजनामा विदेशीसंग लगानी समझदारी हुने जानकारी गराउदैं उत्सवका रुपमा लिन आग्रह गरेको हो ।

तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउदै बुधबार राजधानीमा अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनमा सम्झौता हुने सबै परियोजनाको निर्णय २ महिनाभित्र गर्ने बताए । सरकारले २ महिनाभित्र आफुले गर्ने सबै काम सक्ने जानकारी गराउँदै खतिवडाले सरकारले समयमा निर्णय नगर्दा लगानीकर्ताले झण्झट व्योहर्नुपरेको विगत स्मरण गर्दैं प्रक्रिया पुरा भएपछि ७ दिनभित्र निर्णय गरिसक्नु पर्ने कानूनी व्यवस्था गरिएको जानकारी गराए ।
सम्मेलनको तयारीका बारे जानकारी गराउने लगानी बोर्डले बुधबार गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुको रेटिङ गर्न लागेको जानकारी गराए । उनले मुलुकको सार्वभौम रेटिङ नहुँदा विदेशी लगानीकर्ताको विश्वास नहुने र लगानीकर्तालाई विदेशी बैंकले सहज रुपमा ऋण नपत्याउने अवस्था आउने भन्दै उनले सार्वभौम रेटिङ आवश्यक भएको जानकारी गराए । रेटिङ गर्ने प्रक्रिया अघि बढेको उनले जानकारी गराए । देशको रेटिङ नहुँदा ब्याजमा लाइवर शुल्क जोडिने भएपछि कर्जा महंगो हुन गई लगानी ल्याउने अवस्था नहुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung