
काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रका अतिरिक्त केरलको वायनाड निर्वाचन क्षेत्रबाट प्रत्यासी हुने भएका छन् । यसअघि उत्तर प्रदेशको अमेठीबाट निर्वाचित गान्धी यस पटक दुई स्थानबाट निर्वाचनमा प्रत्यासी बन्न लागेको भारतीय मिडियाले जानकारी गराएका छन् ।
निर्वाचनमा कांग्रेसको साँख गर्दागिर्दैं बचाउनु पर्ने चुनौती वर्तमान अध्यक्ष राहुल गान्धीको जिम्मेवारी छ । त्यसैले पनि गान्धी यस पटक उत्तर प्रदेश दक्षिणी राज्य केरलबाट निर्वाचन प्रत्यासी बनेका हुन सक्छन् । गान्धी दक्षिणको यात्रामा लम्किएका छन् । केरल आफै बामपंथीको प्रभाव क्षेत्र हो । उत्तर प्रदेशमा कुनै समय कांग्रेसको राज रहेको भएप्नि पछिल्लो पटक कांग्रेसका लागि चुनौती सावित भएको छ ।
त्यसो त अघिल्लो लोकसभाको निर्वाचनमा कांग्रेसले उत्तर प्रदेशबाट ८० सिटमा हार व्यहोरीरहँदा अमेठीमा राहुलले र राय वरेलीमा सोनिया विजय भएका थिए । त्यसो त अमेठी गान्धी परिवारका लागि इन्दिरा र उनको छोरा संजय गांधीलाई दिल्लीबाट झिकाएर राष्ट्रिय राजनीतिमा स्थापित गरेको स्थान पनि हो । तर यस पटक उत्तर प्रदेश र केरललाई गान्धी परिवारले आफ्नो निर्वाचन क्षेत्र बनाइरहदा अनेक टिका टिप्पणी शुरु भएका छन् ।
यस अघिको निर्वाचनमा भाजपाको पक्षमा उभार आईरहदा अमेठीबाट कांग्रेसबाट राहुल भाजपाबाट स्मृती इरानी र आम आदमी पार्टीबाट कुमार विश्वास निर्वाचनमा होमिएका थिए । त्यसैले पनि उक्त क्षेत्र राष्ट्रिय राजनीतिमा चर्चाको क्षेत्र बनेको थियो । अाइतवार कांग्रेस नेता एके एटोनीले पत्रकार सम्मेलन गरेर राहुल उत्तर प्रदेशका अतिरिक्त अनेत्रबाट पनि निर्वाचनमा होमिन लागेको जानकारी गराएका थिए ।
केरलको उक्त क्षेत्र तामिलनाडु र कर्नाटकसँग जोडिएको क्षेत्र हो । जहाँको निर्वाचन तयारीले तीन राज्यमा निर्वाचनको कार्यक्रम संचार गर्नै साम्थ्र्य राख्दछ । एंटोनीले भने ‘रणनीतिक हिसावले पनि राहुल अमेठीका अतिरिक्त अन्य क्षेत्र बाट उठ्न आवश्यक थियो । त्यसका लागि केरलको वायनाड उपयुक्त क्षे हो ।’ आगामी अप्रिल ११ तारिख देखि शुरुहुने निर्वाचन क्षेत्रका लागि भारतमा कुन क्षेत्रमा कुन नेता वा पार्टी उठ्दै छ, भन्ने समाचारले चर्चा पाईरहेको छ ।
(एजेन्सीको सहयोगमा)