२५ असार २०८२, बुधबार

 

राजधानीमै प्रहरीमाथि सांघातिक हमला, दुई प्रहरी घाइते

प्रतिकात्मक तस्बिर

काठमाडौं । नागार्जुन नगरपालिका–९ स्युचाटारस्थित कमलपोखरी डाँडामा दुई जना प्रहरीमाथि सांघातिक हमला भएको छ । उनीहरु डिउटीमा रहेका बेला डाँडास्थित वाँसको झ्याङमा मादक पदार्थ सेवन गरी लुकेर बसेका पदमबहादुर कार्कीले फलामको रडले महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी गस्ती टोलीलाई प्रहार गरेका थिए । रड प्रहारबाट घाइते हुनेमा प्रहरी हवल्दार र प्रहरी जवन गरी २ जना छन् । दुवै प्रहरी कर्मचारीको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

डिउटीमा खटिएका २ जना प्रहरी कर्मचारीलाई रड प्रहार गरेको अभियोगमा सिन्धुली दुधौली नगरपालिका–७ भएका ४२ वर्षीय पदमबहादुर कार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसरी जनताको सुरक्षामा खटिएका प्रहरीमाथि माधक पदार्थ सेवन गरेर बसेका गुण्डाले खु्लेआम हमला गर्ने विषयलाई प्रहरीले गम्भिर रुपमा लिएको बताएको छ । यस सम्बन्धमा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung