
भरत प्रसाद सापकोटा ,बागलुड । हिजो राति परेको असिना पानीले काठेखोला गाउँपालिका वडा नं ६ को हटिया, फुलपाटी डाँडा, फापरचौर , पिडल्ला , कोटमुनि लगायतको अन्नबाली नष्ट गरेको छ ।
असिना पानीले फलफुल, तरकारी खेतीलाई पनि व्यापक असर गरेको वडा अध्यक्ष युक्त प्रसाद कँडेलले नयाँ विश्वलाई बताए । पाक्नै लागेको अन्न र तरकारी नष्ट हुँदा किसानलाई ठुलो नोक्सानी भएको छ । गाउँपालिकाको अध्यक्ष अमर थापाको नेतृत्वमा क्षतिको विवरण संकलन गर्ने वडा अध्यक्ष कँडेलले बताए ।