२९ असार २०८२, आईतवार

 

फरक तरीकाले व्यापार गरे फड्को मार्न सकिन्छ – प्रधान

मैले व्यापार गर्ने तरीका फेन्सी पसलबाट सिकेको हो । बागलुङ बजारको लालिगुराँस चोकमा हाम्रो सुनिल इम्पोरियम पसल थियो। हामी दाजुभाई मिलेर पसलको व्यापारलाई राम्रो बनाएका थियौ ।पसलको कारोबार धेरै बढाएका थियौ ।

अहिले त्यो फेन्सी पसललाई कान्छो भाई सुदिप प्रधानले चलाएको छ । मैले बागलुङको व्यापारलाई भाईलाई जिम्मा लगाएर काठमाण्डौमा कपडाको होलसेल गरे । केहि समय वटुमा चलाएको पसललाई मैले रानीबारीबाट व्यवस्थित रुपमा चलाउने निष्कर्षमा पुगे लुमुना इन्टरप्राइजेजको प्रोपराइटर सुनिल प्रधानले भने ।

चाइनाबाट सामान ल्याएर उपत्यका र बाहिरी जिल्लाहरुमा निर्यात गर्न थाले । कपडा व्यापारले विस्तारै गति लिन थाल्यो। यो पेशालाई आधुनिक तरीकाले चलाउँछु भनेर कर्मचारी राखे र सुचना प्रविधिको बदलिदो सेवालाई पनि व्यापारमा भरपुर उपयोग गर्न थाले ।

धेरैले सोचेको थिएन मैले यति छिटो यो क्षेत्रमा यति धेरै प्रगति गर्छु भन्ने ।मैले पछिल्लो समय व्यापार गर्ने तरीकामा आएको परिवर्तनलाई अध्ययन गरे ।

विदेशी र विशेष गरीकन चाइनिजहरुले व्यापार गर्ने शैली र अभ्यासलाई सुक्ष्म ढंगले हेरेर आफनो व्यापारमा पनि लागु गर्न थाले ।धेरैले यो तरीकामा खर्च बढि हुन्छ भनेर नाक खुच्चाउन थाले तर मैले मेरो क्षमता र हैसियत अनुसार कपडा व्यवसायलाई विस्तारै अगाडि बढाए ।

देशमा बलियो सरकार बनेको छ ।सरकारले उद्योग ,व्यापारको क्षेत्रलाई विशेष महत्व दिएको छ। नयाँ लगानी भित्राउँने ,आन्तरिक रोजगारी सृजना हुने ,अर्थतन्त्रलाई टेवा पुग्ने ,गुणस्तर सामान उपभोक्ताले पाउँने र सरकारले कर पाउँने यो तरीकाबाट देशको विकास छिटो गर्न सकिन्छ ।

सरकारले विदेशी लगानी ल्याउने भनिरहेको छ तर हामी जस्तो थुप्रै युवाहरुलाई व्यापार र उद्योगमा आउने र टिकाउँने दिगो आर्थिक नीति ल्याए धेरै युवा व्यवसायीहरुको मनोबल बढ्ने थियो र धेरै युवाहरु यो पेशामा आकर्षित हुने थियो ।

मैले कपडा व्यापारको संगै सिलाई मशिनको नयाँ व्यापार शुरु गर्न लागेको छु ।काठमाण्र्डौ उपत्यका र प्रदेशको ठुला ठुला शहरमा गार्मेट उद्योगहरु विस्तार भई रहेका छन ।कतिपय युवा व्यवसायीहरुले आफनो कम्पनीको उत्पादनलाई ब्राण्डको रुपमा विकसित गरेका छन ।

कटन ,जिन्सको पाइन्ट ,कमिज लगाएत धेरै मानिसले लगाउँने लुगाहरु बनाउँने उद्योग स्थापना भएको बेला मैले चाइनिज जकि कम्पनीको सिलाई मशिनको शो रुम स्थापना गरे ।यसको सबै काम पुरा भइसकेको छ ।रानीबारीमा सुविधा सम्पन्न शो रुम बनाएको छु ।यसको सबै पाट्र्सहरु हामी कहाँ सुपथ मृल्यमा पाईन्छ ।

यो नयाँ व्यवसायमा धेरै संम्भावना र नयाँ चुनौति छन ।यो शो रुम स्थापनापछि गुणस्तरीय लुगा बनाउन चाहने व्यवसायीहरु हाम्रो सम्पर्कमा आएका छन ।मेशिनको धेरै माग आएको छ ।हामीले ल्याएको यो जकि सिलाई मेशिन बलियो र भरपर्दो छ ।

यो मेशिनमा काम गर्न धेरै सजिलो छ ।यसको उत्पादन क्षमता पनि बढि छ ।बलियो र आकर्षक भएकोले यस मेशिनको बजारमा राम्रो उपस्थिति छ ।धेरै उद्योगीहरुले पुरानो मेशिन हटाएर यो मेशिन राख्न थालेका छन ।जकि मेशिन बारे प्रतिक्रिया पनि उत्साहजनक छ ।

नयाँ काम गर्दाको मजा र सन्तुष्टि नै बग्लै हुन्छ प्रधानले नयाँ विश्वलाई बताए । प्रधान व्यवसायको साथै समाजसेवामा पनि रुचि राख्छन ।उनले आफुले पढ्को विद्यालय लगाएत मानव सेवा आश्रम ,मन्दिर , पुस्तकालय लगाएतको क्षेत्रमा सहयोग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung