३२ असार २०८२, बुधबार

 

बालुवाटारबाट यी १७ नेता पक्राउ परे

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको जग्गा भूमाफियाले व्यक्तिको नाममा गराएको भन्दै नेपाली झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका १७ जना नेता पक्राउ परेका छन् ।

प्रधानमन्त्री निवास निषेधित क्षेत्र भन्दै विवेकशील नेपालीका उज्जवल थापासहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउहरूलाई पानीपोखरीस्थित प्रहरी बिटमा राखिएको छ।

विवेकशील नेपालीले भूमाफियाविरूद्ध कारवाही माग गर्दै गैरकानुनी रूपमा माफियाको कब्जामा पुगेको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्ने कार्यक्रम राखेको थियो।

पक्राउ पर्नेहरु
उज्जवल थापा, मिलन पाण्डे, शशिविक्रम कार्की, अमृत विष्ट, रमेश सिलवाल, रामजी पन्त, पुरुषोत्तम ढुंगेल छन्। यसैगरी शिव सत्यम, दयराम सापकोटा, विमल तामाङ, प्रमेश श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, विजयबाबु शिवाकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ अन्यमा छिरिङ तामाङ, रितेश यादव, सुन्दर न्यौपाने र प्रदीप ज्ञवाली छन्।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung