२९ असार २०८२, आईतवार

 

विप्लव समूह बागलुङका नेताले गरे आत्मसर्मपण

बागलुङ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ढोरपाटन नगर अध्यक्ष दुर्गादत्त जैसीले प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनले बुर्तिवाङस्थित ईलाका प्रहरी कार्यालयमा पुगेर उक्त पार्टीको गतिविधिबाट राजीनामा दिएको बताएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए । शान्तिपूर्ण गतिविधि र दैनिकी गरेर बस्ने उनले प्रतिबद्धता जनाएपछि प्रहरीको खोजी सूचीबाट समेत हटेका छन् ।

ध्वंसात्मक क्रियाकलाप गरेको भन्दै प्रहरीले चन्द समूहका जिल्ला, नगर र गाउँपालिका तहका नेतालाई खोजी सूचीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung