२९ असार २०८२, आईतवार

 

नागरिकता बनाइदिन्छु भन्दै रकम लिने अधिकारी रंगेहात पक्राउ

काठमाडौं । नागरिकता बनाई दिन्छु भनि नगद १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईनरुवा नगरपालिका–३ बस्ने लेखापढी व्यवसायी ४१ वर्षीय चेतप्रसाद अधिकारी रहेका छन् ।

मंगलबार दिउँसो सोही ठाउँस्थित जिल्ला प्रशासन कार्यालय अगाडि ईटहरी–९ बस्ने ४६ वर्षीया महिलालाई नागरिकता बनाईदिन्छु अधिकारीले रकम लिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung