
काठमाडौं । अर्घाखाँचीमा भएको कार दुर्घटनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका चार नेता घाइते भएका छन् । बा १८ च १२५ नम्वरको कार शितगंगा नगरपालिका–८ देउराली भन्ने स्थानमा ना ६ ख ४३४९ नम्वरको ट्रकसँग ठोक्किन पुगेको थियो ।
घाइतेहरुमा लक्ष्मण शर्मा, शिवकुमार आचार्य, मनोहर बुढाथोकी र शिवानन्द डाँगी रहेका छन्। घाइतेमध्ये बुढाथोकी र शर्माको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
शर्माको करङमा र बुढाथोकीको अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यद्यपि घाइते सबै खतरामुक्त रहेका छन् । मुख्यमन्त्री शंकर पोखरेलसँगै बुटवल जान लागेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।