२५ असार २०८२, बुधबार

 

पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण

सुरेश छन्त्याल

गलकाेट । प्रभु बैंक लिमिटेड शाखा कार्यालय गलकोटबाट वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका –१० पाण्डबखानीमा वितरण गरेको छ ।

गलकोट नगरपालिकाको सहयोगमा प्रभु बैंक लिमिटेड शाखाका प्रबन्धक कृष्णहरि भण्डारीको नेतृवमा गएको टोलीले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

टोलीले विहान ७ बजे प्रत्येक घरमा पुगि बैंकिङसम्बन्धि सचेतता दिँदै २ सय ९५ जनालाई भत्ता विवरण गरिएको छ ।

जेष्ठ नागरिक दलित ४३,एकल महिला ७०,पुर्ण असक्त ११,पुर्ण अपांग ९,दलित बालबालिका ४० जेष्ठ नागरिक अन्य १२२ गरि जम्मा २ सय ९५ जनालाई १७ लाख ५ हजार ८ सय रुपैयाँ वितरण गरिएको बैंकका सञ्चालन प्रमुख शिशिर बम मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung