
बागलुङ । काठेखोला गाउँपालिका–५ स्थित नव युवक आधारभुत विद्यालयको भवन पुनः भत्किएको छ ।
निर्माणधिन अवस्थामा रहेको विद्यालयको भवन मंगलबार दिउँसो भत्किँएको हो ।
गत हप्तामात्रै गाउँपालिकाले पुर्ननिमाणका लागि भन्दै २ लाख ५० हजार रकम विनियोजित गरेको थियो । विनियोजित रकमले पुर्ननिर्माणको काम भइरहेका बेला जमिनसँगै विद्यालयकाे भवन भत्किँएको पत्रकार भरत सापकोटाले जानकारी दिए ।
गाउँपालिकाले यस अघि विद्यालयको छानो पुर्ननिर्माण गर्नका लागि १ लाख विनियोजन गरेपनि बिचमै भत्किँएपछि फेरी बजेट विनियोजन गरेको थियो ।
गाउँपालिकाले दुई पटक विनियोजन गरेको ३ लाख पचास हजार रुपैयाँ माटोमा मिलेको छ ।
याे पनि पढ्नुहाेस्