३२ असार २०८२, बुधबार

 

होटल व्यवसायी महासंघ गण्डकीले शुभारम्भ गर्याे जिल्ला जागरण अभियान

बागलुङ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशले जिल्ला जागरण अभियानको शुभारम्भ गरेको छ ।  पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण हुने भन्दै अभियानको शुक्रबारबाट जागरण अभियानको शुभारम्भ गरिएको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा पर्यटन प्रर्वद्धनमा होटल व्यवसायीक भूमिका विषयमा अन्तरक्रियासहितको कार्यक्रम गरिने भएको छ ।

अभियान गण्डकी प्रदेशको नवलपुर जिलाबाट शुरु गरी गोरखा, लम्जुङ्ग, मनाङ्ग, तनहुँ , स्याङ्जा , कास्की , पर्बत, बागलुङ, म्याग्दी हुँदै मुस्ताङमा गएर समापन गरिने होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताए । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर जिल्ला जागरण अभियानको थालनी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung