२४ भाद्र २०८३, बुधबार

 

अनैतिक क्रियाकलाप गर्ने १५१ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा अनैतिक कार्यमा संलग्न १ सय ५१ जनालाई पक्राउ गरेको छ । अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा पुरुष र महिला गरी १ सय ५१ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

समाजमा विकृति फैलनेगरी अनैतिक क्रियाकलाप भइरहेको भन्ने सूचना पाएपछि खटिएको प्रहरीले काठमाडौंका गोंगबु, रत्नपार्क, रणोदीप चोक लगायतका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung