एजेन्सी । सामाजिक संजाल इन्स्टाग्राममा मत सर्वेक्षण गरेर एकजना किशोरीले आत्महत्या गरेकी छन् । आत्महत्या गर्नुअघि मलेसियाकी एक १६ वर्षीया किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग मत सर्वेक्षण गरेकी थिइन् ।
उनले फोटो शेयरिङ एप इन्स्टाग्राममा एक सर्वेक्षण पोष्ट गरेकी थिइन्, “एकदम महत्वपुर्ण, मलाई एक उत्तर छान्न सहयोग गर्नुहोस् डि/एल” जसमा डि को अर्थ डेथ वा मृत्यु र एल को अर्थ लाइभ वा जिवन रहेको बताइएको छ।
उक्त सर्वेक्षणमा ६९ प्रतिशतले ‘डि’ अप्सनमा भोट गरेका थिए । त्यसलगत्तै उनले आत्महत्या गरेकाे संचार माध्यमले जनाएका छन् ।
मलेशियाका युवा तथा खेलकुद मन्त्री सैयद सिद्धिकि सैयद अब्दुल रहमानले यस दुख:द घटनाले राष्टृिय स्तरमा मानसिक स्वास्थ्यका सम्बन्धमा छलफलको आवश्यकता उजागर गरेको बताएका छन्। उनले भने “म हाम्रा युवाहरुको मानसिक स्वास्थ्य प्रति निकै चिन्तित छु। यस् राष्टृिय मुद्धालाई गम्भिरताका साथ लिइनु पर्छ।”
मृतक पक्षका वकिल रामकर्पल सिंहका अनुसार ती किशोरीको इन्स्टाग्राम पोष्टमा मर्दा हुन्छ भन्ने विकल्पमा मत दिने इन्स्टाग्राम प्रयोगकर्तामाथि आत्महत्या गर्न बाध्य पारेको अभियोगमा कारवाही गरिनु पर्छ भन्ने जिकिर छ ।
















































































































































































