
फाईल तस्विर
पर्वत – पर्वतको बिहादी गाउँपालिकामा आफैले बनाएको बम विष्फोट हुँदा दुई युवा घाईते भएका छन् । बिहादी गाउँपालिकामा – ६ शालिग्राममा आइतबार साँझ फलामको रडमा बारुद भरेर बम बनाउँदै गर्दा विष्फोट भएर स्थानिय ती युवा घाइते भएका हुन ।
घाईते हुनेमा बिहादी – ६ का २७ बर्षिय छबिलाल घर्ती र १९ बर्षिय समिर राना घाइते रहेका छन् । घाइते घर्तीको अवस्था गम्भीर रहेको छ भने, रानाको अवस्था सामान्य रहेकोे छ । घर्तीको मिसन अस्पतालमा पाल्पामा उपचार भईहेको छ भने अर्का घाइते रानाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचार भईहेको प्रहरीले जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार घाइतेहरुले माछा मार्नका लागि सलाईको बारुद भरेर बम बनाउने गरेको पाइएको छ । खोलामा माछा मार्न जाने तयारीका बेला बिष्फोट भएको स्थानीयकाे भनाइ छ ।
घटनाका बारेमा थप अनुसन्धान भईहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।