२५ असार २०८२, बुधबार

 

राजधानीमा विप्लवको बम आतंक : कुकर बमसहित ७ पक्राउ

कोटेश्वर, नरेफाँटबाट प्रहरीले ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम खुलाइएको छैन । स्रोतका अनुसार  महानगरीय प्रहरी वृत्त, वानेश्वरको टोलीले ४ वटा कुकरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक बोरा पुल्ठो र ३ झोला पार्टीको पर्चा पनि बरामद भएको छ ।

आइतबार दिउँसो राजधानीको सुकेधारा, अनामनगर, लगनखेल र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएको छ । विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung