२५ असार २०८२, बुधबार

 

राजधानीका ७ ठाउँमा बम, ३ ठाउँमा बिस्फोट, ४ जनाको मृत्यु

काठमाडौँ- राजधानीमा आइतबार अपराह्नदेखि विभिन्न स्थानमा बम भेटिएका छन्। उपत्यकाका ७ स्थानमा बम भेटिएकोमा ३ स्थानमा बम विस्फोट भएको छ। सुकेधारा, घट्टेकुलो र थानकोटमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ। विस्फोटमा परी आठजना घाइते भएका छन्।

सुकेघारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो। सुकेधारा विस्फोटमा घाइते भई उपचाररतमध्ये सुरेन्द्र महर्जन विप्लव नेतृत्वको नेवाः मुक्ति मोर्चाका अध्यक्ष भएको प्रहरीलाई वयान दिएका छन् । साथै उनले बम बनाउने क्रममा विस्फोट भएको बताएका छन् ।

घट्टेकाुलोमा भएको विष्फोटमा विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् । केसी विप्लव समूहसम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष रहेको प्रहरीले जनाएको छ ।

यसैगरी कोटेश्वर, सातदोबाटो, ग्वार्को र लगनखेलमा शंकास्पद बम भेटिएको छ। यी चारै स्थानमा नेपाली सेनाको टोलीले बम निस्क्रिय गरेको छ।

साँझै नागढुंगामा भएको बम विस्फोटमा परी २ जना घाइते भएका छन्। यस्तै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ। प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन्।

यसैगरी प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित ७ जनालाई पक्राउ गरेको छ। प्रहरीले चारवटा प्रेसर कुकरसहित विप्लवका सातजना कार्यकर्तालाई पक्राउ गरेको हो। लगनखेलमा भेटिएको शंकास्पद बस्नु भने बम नभएको प्रहरीले जनाएको छ।

उपत्यकाका विभिन्न स्थानमा बम विस्फोट भएपछि गृहमन्त्री रामबहादुर थापाले ३ वटै सुरक्षा प्रमुखहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung