
कावासोती । विप्लप समुहको नेपाल कम्युनिस्ट पार्टीले आह्वन गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि देखिएको छ । विप्लपको नेपाल कम्युनिस्ट पार्टीका युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै आज जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको हो।
नवलपुरको बुलिङटारमा मध्यराती सिलिण्डर बम बिस्फोट भएको छ । प्रहरीले उक्त्त बिस्फोट विप्लप समुहले गराएको अनुमान गरेको प्रहरी चौकी बुलिङटारका प्रमुख प्रहरी नायब निरिक्षक सुन्दर गुरुङले जानकारी दिए । गुरुङको अनुसार मध्यरातिमा सिलिण्डरमा आगो लगाई विस्फोट गरिएको थियो । बुलिङटार-३ को खेतमा उक्त्त सिलिण्डरमा आगो लगाई विस्फोट गराएको प्रहरीले जनाएको छ ।
त्यस्तै आज बिहान साढे २ बजेको समयमा मध्यबिन्दु नगरपालिका – ११, अरुणखोलामा पेट्रोल बम प्रहार भएको छ । पश्चिमबाट पूर्व आउदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । पेट्रोल बम ट्रक चालकको क्षेत्रमा नै प्रहार गरेपछि चालकले ट्रक छोडी हिँडेका थिए । जसको कारण ट्रक समेत दुर्घटनामा परेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । अहिले सम्म नवलपुरमा कुनै मानविय क्षती भने भएको छैन् ।
-तस्विर फाईल-