२२ भाद्र २०८३, सोमबार

 

युट्यवमा प्रकाश सपुतको ‘गलबन्दी’ ट्रेडिङ १ मा (भिडियो)

काठमाडौं । बोलमायाको अपार सफलता पछि चर्चित गायक तथा सर्जक प्रकाश सपुतको ‘गलबन्दी’ले बजार तताएको छ । बागलुङका सर्जक तथा गायक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत सार्वजनिक भएको एक हप्तामै धेरै दर्शकले मन पराएका छन् ।

सार्वजनिक भएको ७ दिनमै उक्त गीत नेपालमा ४८ लाख ६१ हजार बढी पटक युट्युबमा हेरिएको छ। जुन गीत अहिले ‘युट्युब ट्रेडिङ’ को १ नम्बरमा छ। सामाजिक विषयवस्तु, मौलिक रचना र प्रस्तुतीकरणका कारण उक्त गीतलाई सर्वाधिक रुचाइएको छ।

‘गीत बोलमायाको एक वर्षपछि त्यसैलाई आधार बनाई उक्त गीत निर्माण गरिएको सर्जक तथा गायक प्रकाश सपुतले बताए ।

गीतको शब्द, संगीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारले साथ दिएकी छन्। म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियोकाे छायांकन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung