८ जेष्ठ २०८१, मंगलवार

 

एसईई नतिजाको विषयमा यसो भन्छन् परीक्षा नियन्त्रक

एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । चैतको १४ गतेबाट शुरु भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजार तीन परिक्षार्थी सामेल भएका थिए । नतिजा असारको दास्रो हप्ता सम्ममा प्रकाशन हुने बोर्डको भनाई छ ।

चैतको १४ गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइइ परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । २०७३ असार १५ गते शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ प्रमाणिकरण भएर एसएलसीको नाम परिवर्तन भई एसईई बनको हो ।

यसपटकको परीक्षामा सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजी विद्यालयबाट १ लाख ३४ हजार ८ सय ७ विद्यार्थी गरी कूल ४ लाख ७५ हजार ३ विद्यार्थीहरु सहभागी भएका थिए । कापी जाँच्ने कार्य सकिसकेको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णु अधिकारी बताए ।

नतिजा असारको दास्रो हप्तासम्म प्रकाशित गर्ने लक्ष्य परीक्षा नियन्त्रण कार्यालयले लिएको छ । यद्दपी केही सच्चाउनु पर्ने कुराहरु देखियो भने केही थप समय लाग्न सक्ने अधिकारीले बताए । कर्मचारी समायोजनले गर्दा कापी जाँच्ने शिक्षकको कमी यस वर्ष देखिएको छ । मार्किङ् र इन्ट्रीको कार्य सकेको परीक्षा नियन्त्रण कार्यालयले रुजु गर्ने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्