१८ बैशाख २०८१, मंगलवार

 

एसईई नतिजा : कुन ग्रेडमा कति पास ?

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो ।

२०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कुल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए ।

नतिजाअनुसार एप्लस ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भएका छन् भने छात्रा ७२८६ जना रहेका छन् ।

यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना रहेका छन् । बी प्लस ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४०, बी ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन् ।

यसैगरी सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, सी ग्रेड ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन् ।

यसैगरी डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन् ।

यसैगरी डी छात्र १८६६ र छात्रा २५६३, ई ग्रेड ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्