पछिल्ला केही समयदेखि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको विवाद झनै चुलिएको छ । पछिल्लो साता सामाजिक सञ्जालहरूमा यो दम्पतीले पोस्ट गरेका सामग्रीहरूले सम्बन्ध झन् चिसिएको प्रस्ट्याएका छन् ।
अघिल्लाे साता शिल्पाले आफू पतिबाट असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले दुवै पक्षलाई बोलाएर मिलापत्र गराएकाे थियाे ।
आइतबार डिभाेर्सका लागि शिल्पाले जिल्ला अदालतमा निवेदन दिएकी छन् । यसैक्रममा निर्माता ओझाले फेसबुकमार्फत शिल्पालाई खुलापत्र लेख्दै शिल्पालाई फिर्ता बोलाएका छन् । उनले आफू कमजोरी सच्याउन तयार रहेको पनि उल्लेख गरेका छन् । भनेका छन्, ‘छवि ओझाको अदालतमा सिधै आउनुस् । तपईंले न्याय पाउनुहुन्छ ।’
उनले लेखको फेसबुक स्ट्याटस यस्तो छ ।
शिल्पा जि,
मैले ५२ वर्षकाे उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु। अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आजसम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।
















































































































































































