४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङमा शैक्षिक भ्रष्टाचारका विरुद्ध विद्यार्थी संगठनले आन्दोलन गर्ने

बागलुङका विद्यार्थी संगठनहरुले व्याप्त शैक्षिक भ्रष्टाचारका विरुद्ध आन्दोलनमा जाने घोषणा गरेका छन्। धाैलागिरि संचार क्लब बागलुङले आयाेजना गरेको समसामयिक विषयकाे साक्षात्कार कार्यक्रममा विद्यार्थी नेताहरुले शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचार, अराजकता र अनुशासनहीनता विरुद्ध आन्दोलन गर्ने जनाएका हुन्।

कार्यक्रममा विद्यार्थी नेता अनेरास्ववियुको जिल्ला अध्यक्ष   शेखर  खड्का झलक , अखिल (क्रान्तिकारी ) को केन्द्रीय सदस्य जीवन शर्मा र नेपाल विद्यार्थी संघका जिल्ला सचिव श्रीकृष्ण पाैडेलले अहिले शिक्षा ऐन, नियम विपरित काम भइरहेको हुँदा यसको अन्त्य हुनुपर्ने धारणा राखे।

बागलुड जिल्लाको शैक्षिक अराजकता , महंगो शु्ल्क ,गुणस्तरहिन पढाई,गैरकानूनी भत्ता र कक्षा कोठा विना पोशाक ढिलो जाने र पुरा समय नपढाउँने गैरजिम्मेवार शिक्षकहरुलाई संयुक्त विद्यार्थी संगठनको आन्दोलनले कारवाहि गर्ने र उनीहरुले कानूनी विपरित खाएको रकम विद्यालयलाई फिर्ता गराउन जोरडार ढंगले लाग्ने अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य जीवन शर्माले बताए ।

हामीले विद्यार्थीको हितमा काम गर्न खोज्दा नेताहरुले र शिक्षकका नेताहरुले हामीलाई संयमित भएर लाग्नुस भन्छन र कतिपय शिक्षक नेताहरु गलत बाटोमा लागेका शिक्षक र विद्यालयलाई जोगाउँनु लाग्नु भएको छ तर त्यो कार्य हामीलाई स्विकार्य छैन । सरकार र देश सफल हुन हामी सबै जवाफदेहि भएर लाग्नु पर्छ । राज्यको पैसा गैर कानुनी तरीकाले खाएको हामीले थाहा पाएका छौ त्यो रकम फिर्ता गरेर आफनो अपराध स्वीकार्न आन्दोलनको आधी बेरी हामीले सृजना गछौ अनेरास्ववियु्को जिल्ला अध्यक्ष शेखर खड्काले पत्रकार भेटघाटमा बताए ।

विद्यार्थीको शैक्षिक भविष्य बरबाद पार्ने अधिकार कसैलाई छैन । विद्यार्थी ,अभिभावक र विद्यालयको सम्पत्तिमा लुट मच्चाएको हामीले हेरेर बस्ने छैनौं ।यसको हिसाव किताब आन्दोलनले लिन्छ नेपाल विद्यार्थी संघका जिल्ला सचिव श्रीकृष्ण पाैडेलले बताए ।

कार्यक्रममा विद्यार्थी नेताहरूले हाल शिक्षा क्षेत्रमा हेलमेट शिक्षकहरूकाे जगजगी रहेको रहेको बताउँदै एकजना शिक्षकले ३ देखि ४ ठाउँमा पढाउने प्रवृतीले विद्यार्थी र विद्यालय दुई पक्षलाई घाटा भएको बताए। शिक्षा ऐन र नियमअनुसार विहान १० बजेदेखि ४ बजेसम्म पढाइ संचालन गर्न सम्बन्धित निकायले निर्देशन दिएपनि त्यसको पालना नभएको उनीहरुले बताए।

विद्यार्थी आन्दोलन अब समाजमा हुने शैक्षिक विकृति विसंगतीविरूद्ध लाग्ने र जतिसुकै दवाब र प्रभाव आए पनि आफुहरु पछि नहट्ने साक्षात्कार कार्यक्रममा विद्यार्थी नेताहरूले बताए।

धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीकाे अध्यक्षता रहेको कार्यक्रममा क्लबका सचिव प्रदीप पन्तकाे स्वागत र क्लबका काेषाध्यक्ष काेपीला कँडेललकाे संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्