३१ बैशाख २०८२, बुधबार

 

घुससहित सहायक वन अधिकृत पक्राउ

सांकेतिक तस्बिर

डोटीको बीपीनगरमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसी घुससहित पक्राउ परेका छन्।

काम गरिदिएबापत वन उपभोक्ता समितिबाट घुस लिएको उजुरीका आधारमा डिसीलाई कञ्चनपुरस्थित आयोगको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ भाँतकाँडाबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले सहायक वन अधिकृत डिसी घुससहित पक्राउ परेको पुष्टि गरेका छन् ।

विष्टका अनुसार डिसीलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट थप अनुसन्धानका लागि काठमाडौं लैजाने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung