३ श्रावण २०८३, आईतवार

 

गण्डकी प्रदेश लोकसेवा विधेयक प्रमाणीकरण

गण्डकी प्रदेशको प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।

गण्डकी प्रदेशसभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार प्रमाणीकरण गरेका हुन्।

उक्त विधेयक साउन १० गते बसेको प्रदेशसभाको बैठकले पारित गरेको थियो।

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेशसभालाई दिनुपर्ने व्यवस्था छ। सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung