४ जेष्ठ २०८१, शुक्रबार

 

कमल-सृजना श्रेष्ठ शैक्षिक काेषमार्फत ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री

नेपाल भाषा मंका खल: बागलुङद्वारा जेहेन्दार र निम्न आय भएका विद्यार्थीहरूलाई शैक्षिक सहयोग गर्ने उद्धेश्यका साथ स्थापना भएकाे कमल-सृजना श्रेष्ठ शैक्षिक काेषमार्फत विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएकाे छ।

बागलुङ बजारका ६ वटा सामुदायिक र निजी विद्यालयका ११ जना विद्यार्थीहरूलाई पाेशाक, जुत्ता, माेजा, झाेला र कपि कमल-सृजना श्रेष्ठ शैक्षिक काेषका संस्थापक समाजसेवी तथा व्यवसायी कमलप्रसाद श्रेष्ठ र श्रीमती सृजना श्रेष्ठले एक कार्यक्रमका बिच प्रदान गरेका हुन् । कोषमार्फत विद्यामन्दिर मावि, कालिका कन्या मावि, रूद्र पिपल मावि, अमृत आदर्श आवासिय मावि, न्यु ओएसिय बाेडिङ स्कुल र कालिगण्डकी बाेर्डिङ स्कुलका बालविकासदेखि कक्षा ११ सम्म अध्ययरत ११ जना विघार्थीहरूलाई २५ हजार बराबरकाे शैक्षिक सामग्री प्रदान गरिएकाे थियाे ।

मंका खल: बागलुङका सल्लाहकार देवबहादुर श्रेष्ठ र संरक्षक कमलप्रसाद श्रेष्ठले कार्यक्रमकाे शुभारम्भ पानसमा बत्ती बालेर गरेका थिए ।
कार्यक्रममा नेपाल भाषा मंका खलको पूर्व महेशचन्द्र प्रधान, मंका खल:, बागलुङका सल्लाहकार देवबहादुर श्रेष्ठ ,बागलुङ सुचना तथा संचार सहकारीका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, कमल-सृजना शैक्षिक काेषका संरक्षक कमलप्रसाद श्रेष्ठ, नेवा मिसा दबुका अध्यक्ष साेभना शाक्य, विघामन्दिर माविका प्रधानाध्यापक शान्तामणि ढकालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्षता नेपाल भाषा मंका खल: बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, स्वागत मंका खल: बागलुङका उपाध्यक्ष गगनलाल शाक्य र संचालन सचिव सुदिप राजभण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्