२१ भाद्र २०८३, आईतवार

 

भारतमा गुगल सर्च गरेर खोजिनेहरुमा सनी लियोन पहिलो स्थानमा

भारतमा सबैभन्दा बढि गुगल सर्च गरेर खोजिने पात्रहरुमा पोर्नस्टार सनी लियोनको पहिलो स्थानमा पुग्न सफल भएकी छन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड स्टार सलमान र शाहरुख खानलाई समेत पछि पार्दै पहिलो स्थानमा पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यसअघि प्रम नरेन्द्र मोदी, सलमान, शाहरुख र प्रिया प्रकाशले पहिलो स्थानमा रहन सफल भएपनि यतिबेला त्यो स्थानमा सनी लियोन पुगेकी छन् । भारतमा गुगल सर्च इन्जिन खोजीमा सलमान र शाहरुख खान गत अगस्टसम्म अग्र स्थानमा रहेका भएपनि अगस्टपछि सनीको स्थान माथि पुगेको हो ।
त्यसपछि प्रिया प्रकाश अगाडी आएकी थिइन् । उनी २०१८ मा आँख मारे, भिडियोबाट लोकप्रिय हुन पुगेकी थिइन् । उनीसँग बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस पनि कुनै बेला सर्वाधिक खोजी गरिएका पात्र बन्न पुगेका थिए । गूगल ट्रेंड्स एनालाइसिसहरुका अनुसार उनका विगत र वर्तमानका भिडियो खोजिने गरेका छन् ।

विगतका भिडियोमा उनका पोर्न स्टाईलहरु देखिन्छन् । सनी लियोनीको बायोपिक फिल्म ‘अनटोल्ड स्टोरी अफ सनी लियोन’ को ट्रेलरको भिडियो पनि बढी खोजिने सुचीमा परेको छ । उनलाई सर्वाधिक खोजी गर्ने राज्यका नागरिकहरुमा मणिपुर र असम राज्यहरु रहेका छन् । गुगल सर्च गरेर खोजिनेमा शीर्षस्थानमा पुगेपछि उनले भनेकी छन,‘मलाइ मेरो टीमले पनि यो जानकारी गराएको छ। यसको श्रेय म मेरो टीमलाई नै दिन चाहन्छु, जो हमेशा मेरा लागि तम्तैयार रहन्छन् ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung