२ जेष्ठ २०८२, शुक्रबार

 

रविको विषयमा संसदमा उठ्यो कुरा, कुन सांसद्ले के भने ? (भिडियो)

न्युज २४ का टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेल पक्राउ परेको विषय संसद्मा उठेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर विभिन्न स्थानमा भएका प्रदर्शनले अनुसन्धान प्रभावित पार्न सक्ने बताएका छन् ।

संसदमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले प्रहरीले अनुसन्धान गरिरहेका बेला त्यसलाई प्रभावित पार्ने गतिविधि भइरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’

सोही विषयलाई लिएर नेकपा सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

भिडियाे हेर्नुहाेस् :

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung