
भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार काठमाडौं झरेका उनले बिहीबार बिहान पशुपतिनाथ दर्शन पनि गरे ।
आयोग बैठक सम्पन्न भएपछि उनी आजै स्वदेश फर्किंदै छन् ।