८ जेष्ठ २०८१, मंगलवार

 

सरस्वती प्राविको २७औं वाार्षिकोत्सव

बानपा–७ छरिखोलास्थित सरस्वती प्राविको २७औं वार्षिकोत्सव तथा अभिभावक भेला बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा नगरशिक्षा अधिकारी गौरव रानामगरले शिक्षाको विकासविना समृद्धि सम्भव नभएको भन्दै गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिए । विकासको पहिलो खुड्किलो शिक्षाक्षेत्र सुधार्न अभिभावक, शिक्षक र समुदाय लाग्नुपर्ने बताए ।

कार्यक्रममा स्रोतव्यक्ति लक्ष्मीकान्त पौडेल, समाजसेवी रामप्रसाद विश्वकर्मा, लक्ष्मण विश्वकर्मा, शशिधर गौतम, मेघनाथ गैरे, वडा सदस्य केशवबहादुर कार्की, विश्वकर्मा माविका प्रधानाध्यापक युगेन्द्रप्रसाद खनाल, शिक्षक लक्ष्मी शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रअ लीलाधर गौतमले आव २०७५।०७६ को १३ लाख १५ हजार ७ सय ६८ रुपैयाँबराबरको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम शिक्षक विमला गौतमको स्वागत मन्तव्य, विव्यस अध्यक्ष गुप्तबहादुर विकको अध्यक्षता र शिक्षक केशवप्रसाद गौतमको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्