४ जेष्ठ २०८१, शुक्रबार

 

विद्यार्थी–मेयर अन्तरक्रिया

गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले आफूहरूको लक्ष्य समृद्ध गलकोट भएको बताएका छन् । बडिगाड गाउँपालिका–२ खर्वाङस्थित त्रिभुवन नमुना माविका विद्यार्थीसँग नगरपालिकाकै सभाहलमा अन्तरक्रिया गर्दै उनले जनतासँग सबैभन्दा नजिकको सरकार स्थानीय सरकार रहेको भन्दै आफूहरू जनताको दुःखसुखमा साथ रहेको जनाए ।

विद्यार्थीका जिज्ञासाको उत्तर दिँदै मेयर गैरेले हाल स्थानीय सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास गरिरहेको बताए ।

कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले स्थानीय सरकारको काम, कर्तव्य तथा अधिकार तथा तीन तहका सरकारको विषयमा प्रस्ट्याएका थिए । त्यस्तै प्रशासकीय अधिकृत तुलबहादुर विकले गल्कोट नगरपालिकाले गरेका कामबारे जानकारी गराए । कार्यक्रमको सहजीकरण कमल पौडेलले गरेका थिए ।

विद्यालयको साधारण धारतर्फका कक्षा १० का विद्यार्थी सामाजिक अध्ययन विषयअन्तर्गत लघुभ्रमणका क्रममा नगरपालिका पुगेका हुन् । सामाजिक शिक्षकहरूसहितको टोलीले गलकोट नमुना मावि अवलोकन गर्दै प्रधानाध्यापक देवेन्द्र खत्रीसँग अन्तरक्रियासमेत गरेको थियो ।

त्यस्तै विद्यार्थीको उक्त टोलीले निर्माणाधीन दरमखोला जलविद्युत परियोजनालगायत अवलोकन गरेको थियो । त्रिभुवन नमुना माविले विभिन्न समयमा फरकफरक कक्षाका विद्यार्थीलाई विषयगत रूपमा लघुभ्रमणमा लैजाँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्