
पशुपतिमा रहेको भण्डारखाल जंगलमा एक महिला र पुरुषको शव भेटिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भएर काठमाडौं बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाईको शव मंगलबार बिहान रुखमा झुण्डिएको अवस्थामा फेला महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
मर्निङ वाकमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्दा दुवैको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ । बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदुरी गर्दथे । गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको बताइएको छ ।
खोटाङ बस्दै आएकी दमाई काठमाण्डौ आएको कारण भने खुलेको छैन । उनी काठमाडाैं दिदी–भिनाजु कहाँ बसेको पाइएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।