
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा छानविन गर्नका लागि ५८ जनाको नाममा सूचना जारी गरेको छ।
बुधबार अख्तियारले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र आयोगको कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
यसअघि पनि अख्तियारले २ पटकसम्म सार्वजनिक सूचना जारी गरी अनियमिततामा मुछिएकाहरुलाई बयानका लागि बोलाएको थियो। अख्तियारले गत असार ११ र १२ मा सूचना प्रकाशित गर्दै ८९ जनालाई बयानका लागि हाजिर हुन निर्देशन दिएको थियो।
यस्तो छ नामावलीः