३ श्रावण २०८३, आईतवार

 

उड्डयन प्राधिकरणमा ६८ जनालाई खुल्यो जागिर (सूचनासहित)

नेपाल नागरिक उड्डयन प्राधिकरणले ६८ जना कर्मचारीको माग गरेको छ । प्राधिकणले बुधबार सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त दिन भनेकाे छ ।

प्राधिकरणले एयर ट्राफिक सर्भिसेज सातौं पदका लागि ३८ जनाको माग गरेको छ भने, एभियसन फायर सर्भिसेज चौथो तहका लागि ३० जनाको माग गरेको छ।

सातौं तहका लागि आइटीमा स्नातक तह उत्तिर्ण गरेको र सहायक पदका लागि एसएलसी वा सो सरह पास गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ। दरखास्त सूचना जारी गरेकाे १५ दिनभित्र दिन सकिनेछ ।

सातौ तहको लागि २१ वर्ष भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने चौथो तहको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ  । महिलाको हकमा भने दुवै तहको लागि ४० वर्षसम्म उमेरकाले दरखास्त दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना:

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung