२९ बैशाख २०८२, सोमबार

 

उत्तरगङ्गा जलविद्युत् परियोजनाको काम अघि बढाउन सांसद पौडेलको माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् परियोजनाको काम छिट्टै अघि बढाउन सरकारसँग माग गरेका छन् ।

आइतबार संसदको शून्य समयमा बोल्दै पौडेलले उत्तरगङ्गा परियोजना देशकै सस्तो, सरल र सहज परियोजनाका रुपमा भएको भन्दै यो वा त्यो विवाद सिर्जना गरेर परियोजना कार्यान्वय हुन नदिने षड्यन्त्रको विरोध समेत गरेका छन् ।

उनले बागलुङ ढोरपाटनस्थित उक्त राष्ट्रिय गौरवको आयोजनालाई तुरुन्त प्राविधिकहरु पठाएर काम अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung