२९ बैशाख २०८२, सोमबार

 

बाँसका फर्निचरमा आकर्षण

काठमाडौंको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा बाँसबाट निर्मित फर्निचर तथा उत्पादनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ। भदौ २५ देखि सुरु भएको एक्स्पोमा ग्रीन ब्याम्बो क्रीयसनले बाँसबाट उत्पादित फर्निचर प्रदर्शनीमा राखेको छ।

उक्त कम्पनीका संचालक प्रणव प्रधानले बाँसका फर्निचरमा धेरै अवलोकनकर्ताले चासो देखाएको बताए। हेटौंडा घर भएका प्रधानले विगत ४ वर्षदेखि कम्पनी संचालन गरिरहेका छन्।

हेटौंडामा फ्याक्ट्री रहेको कम्पनीको काठमाडौंस्थित नक्सालमा शोरुम रहेको प्रधानले बताए। कम्पनीले घर, रेष्टुरेन्ट, होटललगायतलाई लक्ष्यित गरेर फर्निचर उत्पादन गर्दै आएको छ। कम्पनीले न्युनतम २५ सयदेखि ४० हजार रुपैयाँसम्मका फर्निचर उत्पादन गर्दै आएको प्रधानले बताए।

विशेष गरी ग्रामीण क्षेत्रका र बजारको पहुँच नपाएका किसान र व्यवसायीहरुको उत्पादनलाई कम्पनीमार्फत बजारसम्म ल्याउने समेत गरिएको संचालक प्रधानले सुनाए। झापा, चितवन, हेटौंडालगायतका जिल्लाहरुबाट बाँस ल्याउने गरिएको उनले बताए।

‘कम्पनीका उत्पादनहरुको खपत काठमाडौं उपत्यका, पोखरा, विराटनगर, धरानलगायत अन्य ठुला सहरमा बढि रहेको छ’, प्रधानले भने।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung