२९ बैशाख २०८२, सोमबार

 

पत्रकार गिरफ्तारीकाे कांग्रेसले ग¥यो भर्त्सना

सिंहदरबारमा सोमबार गिरफ्तार गरिएका पत्रकारको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले घटनाको भर्त्सना गर्दै विज्ञप्ती प्रकाशित गरेको छ । सरकारी संचार माध्यममा डोटीमा कार्यरत ३ जना पत्रकारलाई पदमुक्त गरिएको घटनाका विरुद्ध आवाज उठाउदा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई सोमबार दिउसो सिंहदरबारबाट गिरफ्तार गरिएको हाे ।

सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पत्रकार रामप्रसाद दाहाल, अजयवावु शिवाकोटी, जन्मदेव जैसी, यम विरही, दिलिप पौडेल, मिन बम, चक्र कुँवर, प्रकाश बम र योगेन्द्र बलायरलाई तत्काल रिहाई गर्न र डोटीका पदमुक्त गरिएका पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई यथाशीघ्र काममा वहाली गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, मंगलबार बेलुकी मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूलाई डोटीको प्रकरणका बारेमा समेत ध्यानाकर्षण गराइएको थियो । यसबारे यथाशीघ्र निर्णयमा पुग्न नेपाली कांग्रेस सरकारलाई सार्वजनिक रुपले सचेत गराउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung