
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै महानगरपालिकाको नेतृत्व टुंगो लगाएको छ । शनिबार बसेको पार्टी सचिवालयले ६ वटा महानगरपालिकाका अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
नेकपाले काठमाडौं महानगरपालिकाको अध्यक्ष निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ। त्यस्तै ललितपुर महानगरपालिकाका अध्यक्षमा मञ्जली शाक्य र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरेको छ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पोखरा महानगरपालिकाको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरपालिकाको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा, वीरगञ्ज महानगरपालिकामा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की चयन भएका छन्।