
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानकाे बाकुमा हुन लागेको असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल अजरबैजान गएको पूर्वमन्त्री गंगालाल तुलाधरले जानकारी दिए । टाेलीमा प्रधानमन्त्रीसँगै उनका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत सहभागी छन्।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनमा सहभागी हुन यसअघि नै बाकु पुगिसकेका छन्। अधिकारीका अनुसार प्रधानमन्त्री ओली कात्तिक १० गते स्वदेश फर्किने कार्यक्रम छ।